अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ । अमेरिकाको महामारी नियन्त्रण सम्बन्धी निकाय ‘सीडीसी’ ले कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको जनाएको छ । तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बरयताकै तीव्र वृद्धि हो ।



जुलाई दोस्रो हप्तामा ७ हजार १ सयभन्दा धेरै कोभिडका बिरामी अस्पतालमा भर्ना भएको तथ्यांक छ । सीडीसीका प्रवक्ता क्याथलीन कोन्लीले अस्पतालमा भर्ना हुने र सङ्क्रमणको दरले चिन्ता थपेको बताएका छन । बढेपछि यसले फेरि चिन्ता थपिएको बताउनुभएको छ । तर सङ्क्रमणबाट हुने मृत्युदर भने न्यून रहेको बताईएको छ । विश्व स्वास्थ्य सङ्गठनले गत बैशाखमा कोरोना आपतकाल अन्त्यको घोषणा गरेको थियो । सङ्क्रमण रोकथामका आवश्यक उपायहरु अपनाउन उसको आग्रह छ ।



