काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थमा संचालित माता वैष्णोदेवी फुड एण्ड बेभरेज प्रालिमा सिलबन्दी गरिएको छ ।बेभरेजले उत्पादन गरेको खानेपानीको जारमा किरा भेटिएको उजुरी परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंले छापामारी शिलबन्दी गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंका खाद्य निरिक्षक नवराज आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रभाग बलम्बुलगायतको टोलीले छापा मारेको थियो । उक्त कम्पनीलाई पूर्णरुपमा बन्द नगरिए पनि उत्पादन तथा विक्री वितरण गर्नमा भने रोक लगाइएको छ । सो बेभरेजमा केही समय अघि पनि यस्तै गुनासो आएपछि डिभिजन कार्यालयले सचेत गराएको थियो ।






