नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको बताएका छन् । आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी पार्टी जस्तो नभएकाले सुदृढीकरणको आवश्यकता औँल्याएका हुन् ।

अध्यक्ष दाहालले केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत हुने समेत बताए । उनले सरकारकाले गरेको काम कारबाहीका कारण जनतामा आशाको सञ्चार भएको बताए । भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको प्रधानमन्त्री समेत रहेका दाहालको दाबी थियो । उनले पार्टीको बैठकले जनतामा सरकारप्रति पलाएको आशा र भरोसालाई केन्द्रमा राखेर पार्टीले आगामी रणनीति र कार्यदिशा तय गर्नुपर्ने बताए ।

देशमा राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्ने आवश्यकता समेत अध्यक्ष दाहालले औल्याए । विकास र परिमार्जनसहित समाजवादी मोर्चा हुँदै पार्टी एकताको जमर्कोसम्म आफुले गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय