दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार साँझ गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । पहिरोमा परी गम्भीर घाईते भएका ३ लाई हेलिकप्टर मार्फत राजधानी काठमाडौ लागिएको छ । गम्भीर घाईते यज्ञवहादुर र धनमायालाई हेलिकोप्टर मार्फत उद्धार गरी थप उपचारकालागि काठमाडौं लगिएको छ ।

उहाँहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भईरहेको छ । अर्की घाईते सिता थामीको सिंगटी अस्पतालमा उपचार भईरहेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका चार मध्ये दुई जनाको शव फेला परेको छ । पहिरोस्थलमा एक बालक र एक जना महिलाको शव फेला परेको हो ।

शुक्रबार विहान १५ महिने बालक प्रिन्स थामीलाई घर नजिकै दबदबे हिलोमा मृत अवस्थामा फेला पारिएको थियो भने दिउँसो घटनास्थल नजिकै एक महिलाको शव फेला परेको दोलखा प्रहरिले जनाएको छ एक जनाको शव फेला परेपनि पहिचान भने भईनकेको दोलखाका प्रहरी प्रमुख, डिएसपी दिपक खड्काले बताए।

पहिरोमा परेर स्थानीय कृष्णबहादुर मगर, उहाँकी श्रीमती देव मगर, हरिलाल श्रेष्ठ बेपत्ता भएका थिए । बेपत्ता भएका मध्य १५ महिनाका बालक प्रिन्स थामीको र एक महिलाको शव फेला परेको प्रहरिले जनाएको छ ।

दोलखाको उत्तरी गौरीशंकर गाउँपालिका ७ मार्बु गाउँको टोपाटार बस्तीमा बिहिबार साँझ करिब ५ बजे छिमेकी वडा नम्बर खारे तर्फको भिरबाट खसेको पहिरोले बस्ती पुरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहितको सुरक्षा फौज र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय