काठमाडौं । आजदेखि फिफा महिला विश्वकप फुटबलमा नकआउट चरणका खेल सुरु भएको छ ।
आजको खेलमा स्वीट्जरल्याण्ड र स्पेन तथा जापान र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ । स्वीट्जरल्याण्ड र स्पेनबीचको खेल बिहान पौने ११ बजे सुरु हुँदैछ भने जापान र नर्वेबीचको खेल दिउँसो पौने २ बजे हुनेछ ।



यस्तै नकआउट चरणमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिका, इंग्ल्याण्ड र नाइजेरिया, स्वीडेन र अमेरिका, फ्रान्स र मोरक्को, अस्ट्रेलिया र डेनमार्क, तथा कोलम्बिया र जमैकाबीच प्रतिस्पर्धा हुनेछ ।



