सुर्खेतको चौकुने गाउँपालिकाले पालिकाका नागरिकलाई गन्तव्यसम्ममा पु¥याउनका लागि टिपर सेवा सञ्चालनमा ल्याएको छ । वीरेन्द्रनगरमा रहेको संयुक्त यातायात व्यवसायीले चौकुनेमा सिन्डिकेट लगाएपछि पालिकाले टिपर सेवा सञ्चालनमा ल्याएको हो । पटक पटक आग्रह गर्दा पनि यातायात व्यवसायीले चौकुनेसम्म गाडीहरू सञ्चालन गर्न नमाने नागरिकको सुविधाका लागि टिपर सेवा सञ्चालनमा ल्याएको पालिकाले जनाएको छ ।

यातायातको व्यवस्था नभएसम्म नागरिकलाई निःशूल्क टिपर सेवा दिने र त्यसमा लाग्ने तेल खर्च पालिकाले नै व्यहोर्ने अध्यक्ष विकले जानकारी दिए । सेवा सञ्चालन गरेको पहिलो दिन शनिवार पालिकाले ६० जना भन्दा बढी स्थानीयलाई टिपरबाट वीरेन्द्रनगरसम्म निःशूल्क यात्रा गराएको छ । पालिकाले सर्वसाधारणलाई सहजताका लागि केहीसमय भित्रै बस खरिद गर्ने तयारी समेत गरेको छ । चौकुने पालिकाको केन्द्र गुठुबाट वीरेन्द्रनगर ५५ किलोमिटर टाढा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय