काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ समितिमा अष्ट्रेलियामा अध्ययनरत सुनिल बिष्टलाई मनोनयन गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ सय १० जनालाई कार्यसमिति सदस्यमा मनोनित गर्न निर्देशन दिएसँगै बिष्ट पनि सोही कमिटीमा परेका हुन् । दुजाङ शेर्पाको अध्यक्षतामा तदर्थ समिति मनोनयन गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिष्टलाई सोमबार बसेको नेविसंघको बैठकले मनोनित गरेको हो ।



बर्दिया स्थायी घर भई बिष्ट हाल अष्ट्रेलियामा इञ्जिनियरिङको स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थी हुन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था ल्च्ल्मा आबद्ध रहेका बिष्ट सुदूरपश्चिम समाज अष्ट्रेलियाको संस्थापक टिममा कार्यरत छन् । नेपाली कांग्रेसका अगुवा नेताको रुपमा कार्यरत बिष्ट सामाजिक सेवामा समर्पित रहेका छन् ।



