सिरहाको मिर्चैयास्थित होटलमा एक युवक मृत अवस्थामा फेला परेको छ । मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको शम्भुहोटलमा विराटनगर उप–महानगरपालिका १० का २५ वर्षीय सिद्धान्त भट्टराईको शव फेला परेको हो ।विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा कपी (अभ्यास पुस्तिका)को मार्केटिङ्ग गर्दै आएका भट्टराईले बास्न रुम बुक गराएको सहदेव होटलमा सँगैरहेका गाडी चालक २७ वर्षिय सागर राईलाई छोडेर निस्केका भएपनि उनको शव नजीकै रहेको शम्भु होटलमा भेटिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए ।

घटनाको विषयमा अनुसन्धान भईरहेकोले तत्काल केही भन्न नसकिने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र कुमार बस्नेतले बताए । डीएसपी बस्नेतले भने, ‘घटनाको विषयमा अनुसन्धान भईरहेको छ, अहिले नै यहि भएको हो भन्न सकिने अवस्था छैन ।’छातिमा नीलडाम देखिएकाले घटना शंकास्पद भएको स्थानीयको भनाई रहेको छ ।

प्रहरीका अनुसार सहदेव होटलमै खाजा खाना खाएका भट्टराई शम्भु होटलमा गएका थिए । त्यहाँ भट्टराईले एउटा वियर लिएको बताए । उनले वियर खाएकै ठाउँमा सर्ट खोलेर कुर्सिमा झुड्याएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । भट्टराईको शव भने कोठाभन्दा बाहिर फेला परेको प्रहरीको भनाई छ ।होटलका सञ्चालक शम्भु साहले मृतक भट्टराई राती ११ बजेको आसपासमा आफ्नो होटलमा आएको बताए । मृतक भट्टराई वियर माँगेर पीएको र केहीवेरमा शौचालय कता छ ? भन्दै शोधेको बताए । उनले भने, ‘मैले शौचालय देखाईदिएँ, शौचालयबाट फर्कने क्रममा भित्र नआई माथि छतमा चड्यो होला, छतबाट लडेको हुनक्छ ।’

साहले भने, ‘हामी काममा भएकोले तत्काल थाहा पाएनौं, राती एक बजे मैले नै देखें र तत्काल प्रहरीलाई खवर गरेको हुँ, प्रहरी पनि तत्काल आई पुग्यो ।’होटल सञ्चालकले राती अवेर आएको ग्राहक कता गयो भनेर थाहा नपाउने भनेपछि घटना झन शंकास्पद भएको स्थानियले आशंका गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय