काठमाडौं । नक्कली नोट कारोबारीमा संलग्न ९ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार सार्वजनिक गरेको छ ।

साउन २५ गते रुपन्देहीबाट काठमाडौं आउँदै गरेको लु.१प ५ नम्बरको पर्यटक बसलाई चेकजाँचका क्रममा थानकोट प्रहरीले नागढुंगाबाट करिब ३६ लाख नक्कली रुपैयाँ बरामद गरेको थियो । बसको ढोकाको साइडमा रहेको डिकीमा चाउचाउको काटुनमा शंका लागि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको थियो । नक्कली नोट र बसलाई नियन्त्रणमा लिई अनुसन्धानको क्रममा प्रहरीले अन्य प्रहरी निकाय संग समन्वयन गरि सोही दिन गोंगबुबाट २ जनालाई पक्राउ गर्यो । सोधपुछ र अनुसन्धानको क्रममा थप सात जनालाई भक्तपुरबाट पक्राउ गरियो । उनीहरुले भक्तपुरको चागुनारायणमा नक्कली नोट छाप्ने कारखाना नै संचालन गर्दैआएका थिए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपाली रहेका छन् । पक्राउ परेका अर्जुन सुवेदी ,नक्कली नोटका बजारीकरण र सम्पर्क सुत्रका मुख्य नाइके भएको प्रहरीको दावी छ । नाईके भनियका सुवेदी २०६२ फागुन १८ गते काभ्रेमा चोरी मुद्दा, २०७७ सालमा गौशालामा बैंकिङ कसुर, २०७१ असार २४ गते काठमाडौं परिसरले बैंकिङ मुद्दा, २०७८ पुस ११ गते पुनः बैंकिङ मुद्दा, २०७८ पुसमा नै चितवनमा ठगी मुद्दा, २०७९ भदौ ३० मा परिसरबाट पुनः ठगी तथा जवरजस्ती पैसा असुली मुद्दा, २०८० जेठ २८ मा साइवर ब्यूरोबाट ठगी तथा जवरजस्ती असुली मुद्दा खेपीसकेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय