

एक सातादेखि परेको अविरल वर्षाका कारण कैलालीको भजनी क्षेत्र जलमग्न छ । भजनीको वडा नम्बर ३, ५,७ र ८ का नदी किनारका बस्तीहरु पानीले भरिएका हुन । नगरका सबै बस्ती जलमग्न भएपछि यहाँका एक हजारभन्दा बढी नगरवासी प्रभावित भएका छन् ।
उनीहरु सुरक्षित ठाउँको खोजी गर्दै सरकारले बनाइदिएको सुरक्षित भवन, विद्यालय र केही हुलाकी राजमार्गमा त्रिपाल टाँगेर बसेका छन् । वडा नम्बर ३ को कुसुमघाट, ढुसी, बर्दवा, कनैयापुर, वडा नं. ८ को बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका अधिकांश घरहरूमा पानी पसेको छ । मोहना, कन्द्रा, काँढा र पथरैया नदीले स्थानीयलाई हरेक बर्ष दुःख दिने गरेको छ ।





