सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु खोलाघारीका बर्ष ५१ का ङिमा तामाङ भालुको आक्रमणमा परि सक्त घाइते भएको छ । घरबाट गाइ भैसिको गोठ जाने बेला तामाङलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रमुख डिएसपि दिपक श्रेष्ठ बताउनु भयो ।



घाइते तामाङको जिल्ला अस्यताल फाप्लमा उपचार भै रहेको छ । आक्रमणबाट घाइते तामाङको शरिर भरी अनुहार भरी हात खुट्ठामा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनु भयो घाईते तामाङ अहिले खतरा मुक्त हुनु भएको छ ।
अहिले मकैको सिजन भएको र भालु मकै खान घर नजिकै आउने हुदाँ साज विहान भालुको डर हुने र भालुको आक्रमणमा जोसुकै पर्ने सक्ने अझ बालबालिकाको लागि खतरा भएको कुरा सोलुदुधकुण्ड नगरपालिकाका बडा नम्बर ४ का बडा अध्यक्ष युवास तामाङले बताउनु भयो ।



