अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रका तीन वटा संगठन, नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स संघका अध्यक्षसँग छलफल गरेका छन् । अर्थमन्त्री महतले आईतवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा सरोकारवाला निकायलाई बोलाएर ब्याजदर घटाउँदै आर्थिक गतिविधि कसरी अघि बढाउने ? भन्ने विषयमा छलफल गरेका हुन् ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री महतलाई अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्न आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतको सहभागिता रहेको थियो ।

छलफलमा निजी क्षेत्रले ब्याजदर घटाउन र चालु पुँजी कर्जामा लचिलो हुने नीति लिन माग गरे । सो अवसरमा अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान गराउने गरी उद्योगी व्यवसायीका समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय