काठमाडौं । इटाखेल सरोकार समाजले आफ्नो कार्यालय उद्घाटन गरेको छ ।

समाजको प्रथम वार्षिकोत्सवको अवसरमा चन्द्रागिरि नगरपालिका–७ को चापाबोटमा रहेको भवनमा समाजले कार्यालय उद्घाटन गरेको हो । कार्यक्रममा वडा सदस्य भुवन केसीले वडामा लागु पदार्थ सेवन गर्ने व्यक्ति र चोरी डकैती बढ्दै गएकोले त्यसको न्यूनिकणको लागि समाजलाई पहल गर्न पनि आग्रह गर्नुभयो । उहाँले चापको बोटको सुकेको हाँगा खसेर जीवनको जोखिम बढ्दै गएकोले उक्त हाँगा हटाउन समाजलाई अग्रसर भएर अघि बढ्न सुझाव दिनुभयो । वडा सदस्य केसीले दिनप्रतिदिन डेंगुको प्रकोप बढ्दै गएकोले आफु पनि बचौं, अरुलाई बचाऔं भन्ने नारालाई ध्यानमा राख्दै आ–आफ्नो घर वरपर पानीका खाल्डाखुल्डी पुर्न, लामखुट्टेको लार्भा मार्ने अभियान चलाउन र बस्ति वरपर फोहोर सफा गर्न आग्रह गर्नुभयो ।

इटाखेल सरोकार समाजका अध्यक्ष कपिन्द्र महतले समाजमा भएका विकृति, विसंगतीविरुद्ध लड्ने उद्देश्यले समाजको स्थापना गरिएको बताउनु भयो । उहाँले समाजमा अन्यायको विरुद्धमा बोल्न नसक्ने, हेपाई र चेपाईमा रहेका व्यक्तिहरुको आवाजको रुपमा इटाखेल सरोकार समाज रहेको भन्दै यदी त्यस्ता कोही व्यक्ति भएमा समाजमा आउन आग्रह गर्नुभयो । उहाँले अन्यायको विरुद्ध नबोल्दा झन् त्यस्ता व्यक्तिको मनोबल उच्च हुँदै जाने हुँदा समाजमा घटना बढ्ने हुँदा अन्याय सहनु पनि अपराध भएको भन्दै प्रतिकारमा उत्रन आग्रह गर्नुभयो ।

कार्यक्रममा उहाँले इटाखेल सरोकार समाज स्थापनाको वार्षिकोत्सवमा समाजले यसअघि प्रथम इटाखेल सरोकार समाज खुल्ला फुटसल प्रतियोगिता आयोजना गरेको, रक्तदानको कार्यक्रम गरिएको र उक्त कार्यक्रमबाट उठेको रकम प्रभात माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीका लागि स्वेटर वितरण गरिएको जानकारी गराउनु भयो । उहाँले नेपालीहरुको महान चाड विजया दशमी नजिकिदै गएको र सो अवसरमा पुनः खुल्ला फुटसल प्रतियोगिता गर्ने र दशैंपछि रक्तदानको कार्यक्रम राख्ने जानकारी गराउनु भयो ।

कोषाध्यक्ष कृष्णकुमार नगरकोटीले बार्षिक हिसाब किताबको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा श्री गणेशदेवी महिला समूका अध्यक्ष, इटाखेल महिला समूहका अध्यक्ष, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय