चितवन । चितवनको भरतपुर महानगर पालिका ९ टिकौली जंगलमा भएको सवारी दुर्घटनामा २० जना घाइते भएका छन् ।
भरतपुरबाट टाँडी जाँदै गरेको ना.१ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरित दिशाबाट आउँदै गरेको ना. २ च ८४४६ नम्बरको शब बोकी देवघाट तर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिएपछि विभिन्न मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।



दुर्घटनामा ८ वटा सवारी साधन ठोक्किएको प्रहरीले जनाएको छ । बस चालक नवलपुर गैंडाको न.पा.९ बस्ने वर्ष २६ को आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते छन् । घाइतेको भरतपुर लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



