हेटौँडाको एक होटलमा युवाले आफ्नै लिङ काटेकाछन् । मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका हुन । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका प्रहरीले जानकारी दिएको छ ।

मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका युवाले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संवेदनशील अंग काटेर उपचारको लागि उनी आफै हेटौँडा अस्पताल सम्म पुगेका थिए । अस्पतालले थप उपचारकालागी राति १२ बजे नै चितवन रिफर गरिदिएको छ ।प्रहरीलाई बयानको क्रममा उनले आफैले आफ्नो लिंग काटेको जानकारी समेत दिएकाछन् । उनको अवस्था हाल मध्यम रहेको प्रहरीको भनाई रहेको छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय