नागरिक उड्यान प्राधिकरणले गरेको निर्णय खारेज गर भन्दै हुम्लाको नागरिक उड्यान कार्यालय अगाडी भर्ना दिएका छन् । नेपाल नागरिक उड्यान प्राधिकरण केन्द्रले साउन १२ गतेदेखि २९ वटा विमान स्थलमा दिउसो साढे १२ वजेदखि उडानमा रोक लगाउने निर्णय गरेपछि हुम्लाका स्थानीय नागरिक प्रत्यक्ष मर्कामा परेका छन् ।

उक्त निर्णयको प्रतिकार गर्दै आज जिल्लाका नागरिकहरुले क्यानका अध्यक्ष प्रदिप अधिकारी मुर्दाबाद, कायानले गरेको निर्णय फिर्ता गर, हुम्ली नागरिकको ज्यान मार्न पाइदैन भन्दै कालो पट्टी बाँधेर धर्ना गरिएको हो ।विहिबार विहान १० वजेदेखि हुम्लाको विमान स्थलमा राजनिति दल, उद्योग बाणिज्य संघ, नागरिक समाज र पत्रकार महासंघ लगायतका संघसंस्थाका नागरिकहरुले निधारमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन् ।

पछिल्ला एक महिनादखि यता हुम्लामा नियमित हवाई सेवा सुचारु नभएका कारण जिल्लाका नागरिकले अकालमै ज्यान फाल्नु परेको छ । उक्त समस्याका कारण यतिखेर यहाँका विरामीलाई समयमै जिल्ला बाहिर उद्धार हुन सकेका छैनन् भने परिक्षा दिने परिक्षार्थीले समेत परिक्षा दिन पाएका छैनन् । त्यस्तै बजार व्यवसायीको दैनिक उपभोग्य बस्तुको अभाव हुनुका साथै भएको सामग्रिको समेत मुल्य वद्धि भई रहेको छ ।

विभिन्न समस्यालाई मध्य नजर गर्दै आज पहिलो दिन शान्तीपुर्ण ढंगले धर्ना गरेको नेपाली कांग्रेस कार्णली प्रदेश कार्यसमिति सदस्य कर्ण बहादुर रावलले बताउनु भयो । पहिलो दिन शान्तीपुर्ण धर्ना भएको छ यदि प्राधिकरणले गरेको निर्णय फिर्ता नभए दैनिक दिन चरण बद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

उक्त निर्णयले एक महिनादेखि यता हुम्लाका ४ जना बालबालिकाहरुको समेत मृत्यु भईसकेकोले निर्णय फिर्ता लिएन भने थप शशक्त अन्दोलन गर्दै नागरिक उड्यान कार्यालयमा ताला समेत लगाउने नागकिर समाजका जिल्ला संयोजक गणेश महतले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय