काठमाडौ । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा भदौ १ गते ओल्के पर्व मनाउने चलन छ ।

ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो । सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिइ, मिठो÷मसिनो खाइ, हात–खुट्टामा मेहेन्दी लगाउने गरिन्छ । वर्षायाममा झाडापखाला, हैजा, लुतो, कुष्ठरोगजस्ता रोग लाग्ने भन्दै ती रोगबाट बाँचिएको खुसी साट्न पनि यो पर्व मनाउने चलन छ । यो पर्व सुदुरपश्चिमेली बासिन्दाको मौलिक पर्व हो ।

ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाइन्छ ।यसलाइ ‘बूढी हालेको’ भनिन्छ । आजको दिन बनाइएको थुप्रोलाई असोज संक्रान्तिमा साँझ गाउँका सबै जना भेला भएर जलाइन्छ । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने जनविश्वास छ । सुदुरपश्चिममा राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा ‘बूढी पोल्ने’ पर्व प्रत्येक असोज १ गतेका दिनमा मनाउने चलन छ । पर्वको अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय