काठमाडौं । आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म काठमाडौंका केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले बिद्युत आपूर्ति बन्द गरिएको हो ।
चन्द्रागिरिको बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ, सालिक चोक, एलआरआई, न्यु डाइमण्ड, पुरानो नैकाप, सिर्जना चोक, गर्जुधारा लगायत इन्द्रचोक, हिलभिजन कोलनी, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म बिद्युत अवरूद्ध हुने प्राधिकरणको सुचनामा उल्लेख छ । प्राधिकरणका अनुसार बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर, ज्ञानोदय, गाई–बाच्छा पाटी, स्वयम्भू, सानो भ-याङ, बारूदखाना क्षेत्रमा क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।



स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत आपूर्ति बन्द रहने छ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



