सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले ‘समुदायमा काँग्रेस’ कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले हालै सम्पन्न केन्द्रिय कार्य समितिले भाद्र १० देखि २४ गतेसम्मका लागि तय गरेको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको हो ।
अविरल वर्षा, बाढी, पहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भिर रुपमा प्रभावित भएकाले उनीहरुको सेवामा जुट्न पार्टी संगठनहरुलाई आह्वान गर्दै अर्को निर्णय नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।



नेपाली काँग्रेसले श्रावण २० गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएका पार्टीको विशेष आन्तरिक अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष पनि निकालेको छ । पत्रकार सम्मेलनमा नेता विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सिमित रहेको दाबी समेत गरे । उनले काँग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको जिकिर समेत गरे ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



