

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने सम्पूणर् सुदूरपश्चिमेली समुदायलाई प्रमुख गिरीले गौरा पर्व २०८० को शुभकामना दिनुभएको हो । उहाँले यो पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ बनाउनुका साथै राष्ट्रिय एकताको भावनालाई सृदुढ तुल्याउन महत्वपूणर् भूमिका खेलिरहेको समेत व्यक्त गर्नुभयो । प्रमुख गरीले हरेक वर्ष सुदूरपश्चिम चन्द्रागिरि समाज काठमाडौंले चन्द्रागिरि नगरपालिका वडा-६ स्थित मातातीर्थमा गौरा पर्व मनाउने गरेको र आफूले यो पर्वलाई नजिकबाट अवलोकन गरी बुझ्ने मौकासम्म पाएको उल्लेख गर्नुभयो ।






मध्य तथा सुदूरपश्चिम क्षेत्रको प्रमुख चाडको रुपमा मनाइने यो पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म मनाइने गरिन्छ । यो पर्वमा परदेश गएकाहरु घर फर्कने, विवाहित महिलाहरु माइत जाने, पाँच प्रकारका अन्नको मिश्रणबाट बनाइएका विरुडालाई प्रसादको रुपमा ग्रहण गर्ने, देउडा, धमारी र ढुस्को खेलर रमाइलो गर्ने चलन रहेको छ ।