सहकारी पिडित बचत कर्ता संघर्ष समिति महासंघका संरक्षक एवम् क्राइम टाइम टेलिभिजनका पत्रकार कुशलब केसीलाई आफुलाइ नेत्र विक्रम चन्द बिप्लवको कार्यकर्ता बताउदै ज्यान मार्ने धम्की दिने ज्ञालजेन लामालाई प्रहरीले प्रकाउ गरेको छ ।काभ्रे जिल्ला पेमाल गाउँपालिका वडा नम्बर २ का लामाले पटकपटक फोन मार्फत ज्यान मार्ने धम्की दिने लामालाई बिहीबार बौद्व प्रहरी परिसर काठमाडौले पक्राउ गरेका लामालाई जिल्ला प्रहरी परिसर काठमाडौ टेकु ल्याइएको छ ।

धम्की दिन लामालाइ आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको सुचना अधिकारी कुमोद ढुंगानाले बताए ।सहकारी पिडित संघर्ष समितिका सदस्यहरू जिल्ला प्रहरी परिसर टेकु अगाडि उपस्थित भएर ज्यान मार्ने धम्की दिने लामालाई कडा भन्दा कडा कानुनी कार्वाही गर्न माग गरेका छन् ।

देशभरका १२ दर्जनभन्दा बढी सहकारी संस्थाले बचत फिर्ता पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा बसेर ६३ दिनसम्म आन्दोलन गरेको सहकारी पिडित संघर्ष समिति र सरकार बिच श्रावण १८ गते ७ बुँदे लिखित सहमति भएको झण्डै ३ सातापछि संघर्ष समितिका संयोजक केसीलाई सहकारी कै बिषयलाई लिएर धम्की दिनुलाई रहस्यमय मानिएको छ ।

नेत्र विक्रम चन्द विप्लव पार्टीको कार्यकर्ता भनेर धम्की दिने ब्यक्ति आफ्नो पार्टीको कार्यकर्ता नभएको जनाएको छ । ज्यान मार्ने धम्की दिएका लामा बिरूद्व पिडित केसीले जिल्ला प्रहरी कार्यालय परिसरमा उजुरी दर्ता गरेका छन् ।

 

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय