ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । ग्रिस र दुवईबाट ह्वाटस् एप मार्फत् पीडितका परिवारलाई सम्पर्क गरी २१ लाख ७५ हजार फिरौती रकम लिने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा लेगुवाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँ तार्केश्वर–५ का ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज–१ का ३२ वर्षीय प्रकाश बेलबासे र पर्वत फलेवास–१ का ४२ वर्षीय दिल बहादुर थापा रहेका छन् ।
बेलवासे र थापालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । मोरङ रंगेली–२ की सवित्रा थापा र काभ्रे नमोबुद्ध–१ मधुरापाटीका राजन सत्याललाई सर्बियाबाट ग्रिस प्रवेश गर्ने क्रममा बन्धक बनाई उनीहरुले फिरौती माग गरेका थिए । प्रहरीले बन्धक बनाएका पीडितलाई पनि सकुशल उद्दार गरेको छ ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



