नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई मिसन चौरासीभन्दा पनि देश र जनताको चिन्ता रहेको बताएका छन् । पाल्पामा आयोजित कार्यक्रममा उनले नयाँ तथा पुराना दलका नेता शिर्ष नेताहरु बाटै मिशन चौरासीको कुरा ल्याईरहेको सन्दर्भमा शर्माले निर्वाचन लक्ष्यित मिसन चौरासी भन्दा पनि समाज र मुलुकको हितका लागि सोच्ने बेला आएको बताएका हुन । महामन्त्री शर्माले कांग्रेसलाई मिसन चौरासीको बारेमा भन्दा पनि कामको चिन्ता रहेको बताए ।

महामन्त्री शर्माले एउटा निर्वाचन सकियो अर्को चुनावको चिन्ता लिदै गयौं भने जनताको देश र जनताको लागि हामीले कहिले गर्ने भन्ने विषयमा गम्भिर हुनु आवश्यक रहेको बताए । पछिल्लो समय पुराना दल प्रति जनताको दृष्टि फरक हुँदै गैरहेको बेला उनले कांग्रेसको महत्व नौमती बाजाको जस्तै रहेको बताए । उपनिर्वाचन पश्चात कांग्रेस नयाँ ढंगले बदलिएर अघि बढेको महामन्त्री शर्माको दाबी छ ।

 

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय