गुल्मीको गुल्मी अस्पतालमा उपचारको क्रममा मंगलबार छ वर्षीया बालिकाको ज्यान गएपछि स्थिति तनाबग्रस्त बनेको छ । अर्घाखाँचीको छत्रदेब गाउँपालिका–७ काउलेकी छ वर्षीया वालीका प्रशंसा मरासिनीको उपचारको क्रममा ज्यान गएको गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र जिसीले बताएका छन । डाक्टर जिसीले अस्पतालमा भर्ना भएकी मृतक वालीकाको स्वास्थ्य जाँचको क्रममा रिपोर्ट सामान्य रहेको र उपचारकै क्रममा वालीकाको मृत्यु भएको प्रतिक्रिया दिएका छन ।

अस्पतालले मृत्युको कारण बारे स्पष्ट रुपमा जानकारी नदिएपछि अस्पतालको लापरबाहीका कारण वालीकाकोे अनाहकमै ज्यान गएको भन्दै पीडित परिवारका आफन्त र स्थानीयहरुले गुल्मी अस्पताल र जिल्ला प्रशासन कार्यालयमा बिरोध प्रर्दशन जारी राखेका छन । सामान्य पेट दुखेपछि परिवारले वालीकालाई सोमबार अस्पताल ल्याई बिरामीलाई भर्ना गरेका थिए ।

बिरामी मरासिनी बिहान निदाएको अवस्थामा उपचारमा खटिएकी नर्सले खोप दिएको र उक्त खोप दिएपछि बिरामी दुखेर अत्तालीएपछि मुखबाट फिज निकालेको बताईएको छ ।सामान्य बिरामी भएर भर्ना भएकी बालीकाको डाक्टरको लापर्वाहीका कारण अकस्मात मृत्यु भएको भन्दै यतिबेला मृतकका आफन्तले जिल्ला प्रशासन कार्यालय अगाडि आन्दोलन गरिरहेका छन ।

घटनाको विषयलाई लिएर अहिले गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको समन्वयमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थी, अर्घाखाँचीको छत्रदेब गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय