काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौं आइपुगेका छन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख समेत रहेका क्यामरन नेपालमा एमसीसी कार्यन्वयनमा जाने अघिल्लो दिन काठमाडौँ आइपुगेका हुन् । करीब ७० करोड डलरको एमसीसी परियोजनाको भोलि उद्घाटन गर्ने कार्यक्रम छ । भोलि अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत एमसीसी कार्यान्वयनको घोषणा गर्ने तयारी छ ।
घोषणापछि एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ । आयोजनाहरूको ठेक्काको प्रक्रिया र जग्गा अधिग्रहणका सूचना प्रकाशित गर्ने क्रम शुरु भइसकेको छ । सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभए त्यसको सम्पूर्ण व्ययभार नेपाल सरकारले व्यहोर्नुपर्ने छ ।



नेपाल बसाइँका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न राजनीतिक दलका नेताहरुलाई भेट्न कार्यक्रम छ । क्यामरन भदौ १५ गते स्वदेश फर्कने छन् ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



