काठमाडौं । OUR NEWS CREW को खबर प्रभाव । महादेवस्थान मातातीर्थ खानेपानी सरसफाई उपभोक्ता समितिले खानेपानीको पाईप बनाउने नाममा थानकोट चित्लाङ सडक अन्तरगत गौचरणमा जथाभावी सडक खनेको भन्दै OUR NEWS CREW ले खबर प्रशारण गरेसँगै सडक डिभिजन कार्यालय काठमाडौंको ध्यानाकर्षण भएको छ ।




यही चैत ५ गते मंगलबार महादेवस्थान मातातीर्थ खानेपानी समितिले टेरेन ऐन, जथाभावी सडक खन्दा भोग्दै कारवाही भन्ने शीर्षकमा OUR NEWS CREW ले खबर प्रशारण गरेको थियो । खबर प्रशारण गरेको २४ घण्टा नवित्दै सडक डिभिजन कार्यालय काठमाडौंले महादेवस्थान मातातीर्थ खानेपानी उपभोक्ता समितिलाई कारवाही गरेको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले खानेपानी समितिलाई विना स्वीकृति सडक खनिएको भन्ने विषयमा पत्र काट्दै डिभिजन अन्तरगत रहेको थानकोट चित्लाङ सडक (Road link F18001) को पूर्व स्वीकृति विना सडक खनिएको भन्दै कारवाही गरेको हो । समितिलाई डिभिजन कार्यालयले सडक पुनस्थापना गर्न लाग्ने रकम ७२ हजार १३ रुपैयाँ ५१ पैसा कोष तथा लेखा नियन्त्रक कार्यालय, सिंहदरबारको नाममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सिंहदरबारमा रहेको धरौटी खाता नं. १९६०१००१०२०३०००० (कार्यालय कोड नं. ३३७०१३५१२) मा यथाशीघ्र जम्मा गरी भौचर पेश गर्न निर्देशन समेत दिएको छ ।
डिभिजन कार्यालयले यदि समितिले निर्देशन अटेर गरेमा सार्वजनिक सडक ऐन, २०३१ को प्रावधान बमोजिम कारवाही गरिने समेत चेतावनी दिएको छ ।
यो पनि पढ्नुहोस् ।
महादेवस्थान मातातीर्थ खानेपानी समितिले टेरेन ऐन, जथाभावी सडक खन्दा भोग्दै कारवाही



