काठमाडौं । मुक्तिनाथ मन्दिरमा १ करोड ११ लाख ११ हजार १ सय १ दीप प्रज्ज्वलन भव्यरुपमा सफल भएसँगै नेपालकै इतिहासमा पहिलो पटक १ सय करोड दीप प्रज्ज्वलन श्रीमद् भागवत महायज्ञ हुने भएको छ । OUR NEWS CREW को सहकार्यमा सुनसरीको बराह क्षेत्र धाममा यही आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म १ सय करोड दीप प्रज्ज्वलन श्रीमद् भागवत महायज्ञ हुन लागेको हो ।



नेपाल आमा स्वस्ति शान्ति पूजा अभियानले आयोजना गरेको १ सय करोड दीप प्रज्ज्वलन श्रीमद् भागवत महायज्ञका प्रमुख कथा बाचक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त श्री दिनवन्धु पोखरेलले रहेका छन् । दीप प्रज्ज्वलन श्रीमद् भागवत महायज्ञ अभियानका अभियन्ता हरि महतले देश विदेशमा रहनु भएका सबै नेपालीहरुलाई यो अभियानमा सहभागि हुन आग्रह गरेका छन् । उनले दीप प्रज्ज्वलन कार्यक्रम तीब्र गतिमा अघि बढिरहेको भन्दै अभियानमा यदी कोही व्यक्ति, संघसंस्था सहभागी हुन चाहेमा तत्काललै पाँच सुतले बत्ती उपलब्ध गराउन सक्नु हुने पनि जनाएका छन् ।
अभियानका अभियन्ता महतले विश्वमै पहिलो पटक १ अर्ब बत्ति नेपालमा बाल्न लागिएको दाबी गर्दै उनले वल्र्ड रेर्कडमा नेपालको नाम दर्ज गराइने पनि बताउनु भयो ।
सुनसरीको बराह क्षेत्रमा हुने १ सय करोड दीप प्रज्ज्वलनको प्रत्यक्ष प्रशारण OUR NEWS CREW ले गर्नेछ ।



