काभ्रे । OUR NEWS CREW.COM को खबर प्रभाव । OUR NEWS CREW ले बुधबार अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकमा ठेकेदारको लापरवाहीले धुलिखेल खावा सडकको कन्तविजो, यात्रु कष्टकर यात्रा गर्न बाध्य शीर्षमा समाचार प्रकाशन गरेका थियौं ।
खबर प्रशारणसँगै सडक डिभिजन कार्यालय भक्तपुरले सडक अत्यन्तै जीर्ण भई यातायात सञ्चालनमा कठिनाई भएकोले सडक मर्मत सम्भार गरी सञ्चालन गर्न भदौ २० र २१ गते दुई दिनको लागि टिपर लगायत मालवाहक सवारी साधन टिपर लगायत मालवहाक सवारी साधन बन्द गर्ने सूचना जारी गरेको हो ।



पछिल्लो समय धुलिखेलदेखि खावातर्फको विभिन्न ठाउँमा सडक क्षतविक्षत अवस्थामा छ । बर्षात् सुरु भएयता सडकमा समस्या आएको छ । नेपालको उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ ।
सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न स्थानबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग गर्ने गरिएको छ । वर्षाले गर्दा अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्ड हिलाम्मे भएपछि सवारीहरु बीचबाटोमै रोकिने गरेका छन् ।



