काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६ ले डिप बोरिङ स्थगित गरेको छ । वडा नं. ६ ले ईटाखेलस्थित गुमालचोकी सामुदायिक वनमा रहेको मदन भण्डारी रंगशाला नजिक गर्न लागेको डिप बोरिङ स्थगित गरेको हो ।

केही दिनअघि OUR NEWS CREW ले वडा अध्यक्ष सञ्जय सिग्देलले एकलौटी निर्णयमा डिप बोरिङ गर्न लागेको समाचार सम्प्रेषण गरेपछि वडाले तत्कालको लागि डिप बोरिङ गर्ने कार्य स्थगित गरेको सूचना जारी गरेको छ ।

वडा अध्यक्ष सिग्देलले जारी गरेको सूचनामा ईटाखेलस्थित सामुदायिक वनमा रहेको पानी ट्यांकी नजिक भनिए पनि उक्त स्थान महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले साविक वडाहरुमा खानेपानीको अभाव हुन नदिने उद्देश्यले खानेपानी वितरणको लागि खन्न लागेको डिप बोरिङ कार्यको स्थानीय सरोकारवाला र सञ्चारमाध्यमबाट समेत व्यापक गुनासो आएका भन्दै उक्त डिप बोरिङ कार्य स्थगित गरिएको उल्लेख गरिएको छ । साथै सूचनामा वडाका कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म बोरिङ नगर्ने निर्णय भएको समेत उल्लेख छ ।

वडाले सूचनाको बोधार्थ चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई समेत पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय