काठमाडौँ — राजधानीमा जारी जेनजी आन्दोलनको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९ऋक्ष्ब्ब्० को टंगालस्थित कार्यालयमा आगजनी भएको छ। स्रोतका अनुसार आक्रोशित प्रदर्शनकारीहरूले मंगलबार साँझ कार्यालय प्रवेश गरी आगो लगाएका थिए। यस घटनाले कार्यालयको संरचना र महत्वपूर्ण दस्तावेजमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ।

सोमबार र मंगलबार देशभरि जारी जेनजी आन्दोलनका क्रममा २० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ। राजधानीसहित अन्य स्थानमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी र तोडफोड भइरहेको छ। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन्। आन्दोलन अझै देशभर फैलिएको छ र सुरक्षा निकायहरूले नियन्त्रण कायम गर्न प्रयासरत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय