केही दिनयता मुलुकमा गर्मी बढेको छ । अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । यसको असर विद्यालयमा सबैभन्दा धेरै पर्न गएको छ । गर्मीका कारण पठनपाठन प्रभावित हुने अवस्था सिर्जना भएपछि झापाका विद्यालयहरु पनि बन्द हुन थालेका छन् ।



केही दिनयता मुलुकमा गर्मी बढेको छ । अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । यसको असर विद्यालयमा सबैभन्दा धेरै पर्न गएको छ । गर्मीका कारण पठनपाठन प्रभावित हुने अवस्था सिर्जना भएपछि झापाका विद्यालयहरु पनि धमाधम बन्द हुन थालेका छन् ।अत्याधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन एंव विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने गम्भिर असरलाई मध्यनजर गर्दै सार्वजनिक सूचनामार्फत जिल्लाका अधिकाशं पालिकाले बिदा दिएका हुन् ।
विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय तहहरुले पालिका भित्रका विद्यालयहरुमा गर्मीको बिदा दिएर पठनपाठन बन्द गराएका छन् । तर बन्दको बिकल्प खोजिनु पर्ने नीजि विद्यालयहरुले बताएका छन् । पयाप्त पंखा, पिउने पानीको सुविधा भएका विद्यालयलाई भने गर्मीले खासै प्रभाव नपार्ने शिक्षकहरु बताउंछन् ।
बर्खे बिदाबाट कटौती हुने गरी बिदा थप गरिएको पालिकाका शिक्षा शाखाले जनाएका छन् । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरु पाँच दिनदेखि बन्द छन् । अभिभावकले पनि गर्मीका कारण आफ्ना नानीहरु विद्यालय पठाउन सक्ने अवस्था नरहेको बताउंछन्
अहिले झापामा दिउँसोको समयमा ४० देखि ४३ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ । सर्वसाधारण अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन छाडेका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।



