काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ पुरानो नैकापस्थित नापी कार्यालय कलंकीका कार्यालय सहयोगी पदमा कार्यरत एकेन्द्र कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले नियन्त्रणमा लिएको छ । चन्द्रागिरि वडा नम्बर १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको भन्दै नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा छापा मारिएको बताउनु भयो । उहाँले टंगालबाट खटिएका टोलीले नापी कार्यालय कलंकीका प्रमुखको मोवाइल डिभाइस २ थान, सर्भेक्षकको मोबाइल १ थान, कार्यालय सहयोगी एकेन्द्र कुँवरको साथबाट १३ हजार रुपैयाँ र १ थान मोवाइल नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।



प्रवक्ता पौडेलले उनीहरुमाथी थप अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउने बताउनु भयो ।



