राजविराज । सप्तकोशी नदीमा डुबेर आज दिउँसो दुईजना सशस्त्र प्रहरी बेपत्ता भएका छन् ।



बर्षातको समयमा बाढीपहिरोबाट फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेको बेला उनीहरू बेपत्ता भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
अभ्यास गर्ने क्रममा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा सुरक्षा अधिकारीको टोली पुगेको छ । उनका अनुसार सप्तरी र सुनसरीबाट थप टोली मगाएर बेपत्ता प्रहरीको खोजी कार्य भइरहेको छ ।
यसैबीच दुई सशस्त्र प्रहरीको खोजी गर्ने क्रममा अर्काे एक व्यक्तिको शव भेटिएको छ ।
प्रहरीका अनुसार मृत भेटिने संखुवासभा भोटेखोला गाँपालिका ५ बस्ने ३५ बर्षीय राजेश राई भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
https://sendgb.com/ACsj3I0lhHT



