अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् । अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हुस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा सन्दीग्ध एकजनालाई पक्राउ गरेको हो । बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेकव हो । पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन । स्थानीय समय अनुसार शनिबार राति ९:४८ मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय