अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि मार्गदशन तयार पारेको छ । बजेट मार्गदशन तयार पारेर सबै मन्त्रालयलाई पठाइएको मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले बताउनु भयो । बजेट मार्गदशनमा खासगरी बजेटले लिने प्राथमिकता समेटिएको छ । यसका लागि आर्थिक अनुशासन र खर्चमा मितव्ययीतालाई उच्च प्राथमिकता दिर्दै जेठ १५ मै बजेट ल्याउन लेखन थालिएको छ ।

सहसचिव पाण्डेयले अनुशासित र खर्च मितव्ययितालाई बजेटमा जोड दिन सम्बन्धित सबै मन्त्रालयलाई सतर्क र संवेदनशील हुन भनिएको पनि बताउनु भयो । मन्त्रालयलले योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले बजेट सिलिङ पठाइएको छ । स्रोत अनुमान समितिले विभिन्न विश्लेषण गरी स्रोत अनुमान प्रतिवेदन पेश गरिसकेको र सोहीअनुसार बजेट लेखनको काम अघि बढ्न लागेको हो । जेठ १५ गते संसदमा बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक दायित्व छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय