काभ्रेको नमोबुद्द २ पातलेगाँउमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु पछि अवरुद्ध बिपि राजमार्ग सुचारू भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठका अनुसार बसको ठक्करबाट ८२ वर्षीय पोत बहादुर कटुवालको मृत्यु पछि अवरुद्ध राजमार्ग सुचारु भएको जानकारी दिए । उनका अनुसार प्रशासन, यतायात व्यवसायी, मृतकका आफन्त र स्थानीय बीचमा जिल्ला प्रहरी कार्यालयमा वार्ता हुने सर्तमा मृतक कटुवालको शव उठाईएर राजमार्ग खुलाएको छ । प्रहरीले उक्त बसका चालक र बस नियन्त्रणमा लिएको छ ।



आइतबार बिहान ९ बजेको समयमा बीपी राजमार्गअन्तर्गत धुलिखेल(भकुण्डे खण्डमा काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा प्र -०१-००६ ख ४८०८ नम्बरको अरनिको सुपर एक्प्रेस यात्रुबहाक बसले ठक्कर दिदा नमोबुद्ध-२ स्थित पात्लेगाउँका ८२ वर्षीय पोत बहादुर कटुवालको मृत्यु भएको थियो । दुर्घटनापश्चात् स्थानीयले तीन घण्टा राजमार्ग अवरुद्ध गरेका थिए। राजमार्ग अवरुद्ध भएपछि उक्त सडक भएर पूर्वतर्फ जाने सवारीसाधनहरुलाई धुलिखेलमै रोकिएको थियो ।



