काठमाडौं । टप एण्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आज बङ्गलादेश ‘ए’सँग खेल्दैछ । अष्ट्रेलियामा जारी खेलमा नेपालले आज बंगलादेशसँग नेपाली समयअनुसार दिउँसो सवा २ बजे खेल्ने छ ।

यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो । जितका लागि नर्दनले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय