काठमाडौं । स्वास्थ्य तथा खाद्य सास्वच्छता मन्त्रालयले अस्पतालमा सेवा अवरुद्ध नगर्न स्वास्थ्यकर्मीलाई अपिल गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकलाई अस्पतालमा सेवा अवरुद्ध नगर्न अपिल गरेको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको आरोपमा नेपाल चिकित्सक संघले आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेपछि देशभरका अस्पताल प्रभावित भएका छन् ।




संघले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । मन्त्रालय दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढेको जानकारी दिँदै चिकित्सकहरूलाई सेवा नरोक्न अपिल गरेको हो ।



