काठमाडौं । मंगलबार चतुर्थी तिथि परेको दिनलाई मंगल चौथी भनिन्छ । चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ । यस्तै मंगलबारका स्वामी पनि गणेश नै मानिएका छन् । त्यसैले पनि तिथि र बारको संयोग भएको यो दिन उनको आराधनाका लागि उपर्युक्त मानिन्छ ।

रक्तचन्दन, सिन्दुर, फूल, अक्षता, दुवो, जनै, फल–नैवेद्य आादि अर्पण गरेर गणेशको पूजा गरिन्छ । यो दिन विशेषगरी २१ दुवो र २१ लड्डु चढाएर भगवान् गणेशको पूजा गरिन्छ । ‘ॐ गणपतये नमः’ यो वचन प्रयोग गरी उनलाई पूजासामग्री चढाउने विधि उल्लेख छ ।

शिव र पार्वतीका पुत्र गणेश बिघ्नहर्ता र सबै कार्यमा सिद्धि प्रदान गर्ने देवता हुन् । विद्या–बुद्धि सन्तानप्राप्तिको कामना गर्दै उनको आराधना गरिन्छ ।

मंगल चौथीका अवसरमा विनायक मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ । काठमाडौं उपत्यकामा चार विनायक (सूर्य–चन्द्र–मरु–जल) का साथै कार्यविनायक र कमलविनायकलगायत मन्दिर यो दिनका गन्तव्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय