काठमाडौं । आज पापांकुशा एकादशी । विजया दशमीको भोलिपल्ट यो एकादशीको ब्रत बस्ने गरिन्छ । एकादशी मध्ये आश्विन शुक्लपक्षमा पर्ने यो एकादशीको विशेष महत्व रहेको छ ।
वर्ष भरि भएका पापसमूहको नाश गर्ने भएको हुनाले यो एकादशीको नाम पापांकुशा रहेको धार्मिक मान्यता रहेको छ । यो दिन मानिसले विधिपूर्वक भगवान विष्णुको पद्मनाभ स्वरुपको पूजा अर्चना गर्ने गर्दछन् । यो दिन भगवान गरुढध्वजको पूजा गर्नाले पापबाट मोक्ष प्राप्त भै नरक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।



आजको दिन भूमि, तिल, गाई दान गरेमा यमराजलाई देख्नु नपर्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।



