काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस । दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरेर मनाइँदैछ । दिवसका अवसरमा काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म आज विहान प्रभातफेरी कार्यक्रम गरिएको छ । सो अवसरमा नेपालका विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ संस्थामा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय