नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् । माजिक सञ्जालमार्फत उनले पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सद्भाव र सहिष्णुतामा खलल पुगेको भन्दै एक आपसमा सद्भाव र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गरेका हुन् ।
साथै अध्यक्ष ओलीले मुलुकको राष्ट्रियता एकता अक्षुण्ण राख्न आग्रह गरेका छन् । हाम्रो समाजको मुख्य विशेषता एकता र आपसी सहिष्णुता भएको उल्लेख गर्दै अध्यक्ष ओलीले एउटाको आस्थामाथि अर्काले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म भएको स्मरण समेत गराएका छन् ।






