पाँचथरको याङवरक गाउँपालिका– २ को इवाखोलामा फसेका चार जनाको उद्वार गरिएको छ । खोलामा बाढी आएपछि पाहा मार्न गाएका चारजना फसेका थिए । दुबैतीर खोला बगेर बिचमा रहेको केही भागमा बसेका उनीहरुलाई विहान फड्के बनाएर उद्वार गरिएको थियो ।खोलाले बिचमा बाँकि राखेको भागमा उनीहरु बसेका थिए । प्रहरी र स्थानिय बासिले फड्के बनाएर उनीहरुको उद्वार गरेका हो । उनीहरु रातभरी खोलाको बिचमा बसेका थिए ।

चारै जना पाहा मार्नका लागित्यहाँ पुगेको प्रारम्भीक जानकारी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल बुढाथोकीले जानकारी दिए । फिदिम–४ का प्रदिप तामाङ, झल्ला सम्बाहाफे, शेर बहदाुर मगर र ताप्लेजुङ सिदिङवका सन्तोष पन्धाक खोलामा फसेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय