काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष बनेपछि अधिवेशन समापन कार्यक्रममै केपी शर्मा ओली आक्रामक देखिए । नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका ओलीले सरकार ढाल्नेदेखि ढाल्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशनसम्मै दिन भ्याए । यस्तो अभिव्यक्तिले ओलीको शैलिमा परिवर्तन नहुने छनक देखियो ।

नेकपा एमाले पछिल्लो एक दशकदेखि अध्यक्ष ओलीले जे भन्छन् त्यसैको वरिपरि मात्रै छ । ओलीको बोली नै विधि बन्ने स्थिति एमालेमा बन्यो । ११औँ महाधिवेशनको उद्घाटन सत्रपछि समेत यसले निरन्तरता पायो । विधान महाधिवेशनले पारित गरेको नीतिलाई तीन महिना नबित्दै बहुमतको भरमा संशोधन गरियो ।

अध्यक्ष पदमा विजयी भइसकेपछि महाधिवेशन समापन देखिनै अध्यक्ष ओलीले पुरानो शैली अपनाइसकेका छन । जो पहिलो केन्द्रीय समितिमा समेत देखियो । महाधिवेशनमा ईश्वर पोखरेल पक्षको चुनौतीका बीच ओली प्रवृत्तीमा सुधार नदेखिएपछि पार्टी अब कसरी अगाडी बढ्ला भन्ने चासो बढ्न थालेको छ ।

जेनजी आन्दोलन र आन्दोलनबाटै विस्थापन भएका नेताले दिएको यस्तो भड्काउपूर्ण अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत असर पर्न सक्ने जोखिम देखिएको एमाले भित्रैको अर्को समुहले समेत आलोचना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय