काठमाडौं । आजदेखि एन्फा महिला लीग सुरु भएको छ । अखिल नेपाल फुटबल सघ (एन्फा) ले लीगको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।

उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे खेल सुरु हुनेछ । लीगमा एपीएफ क्लबसहित विभागीय त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश गरी १० टीमको सहभागीता रहेको छ ।

खेल सिंगल राउन्ड र सुपर लीग गरी दुई चरणमा हुनेछ । सिंगल राउन्ड रोबिनमा ४५ खेल हुनेछ । सुपर लीगमा २० खेल हुनेछ । सुपर लीगमा उत्कृष्ट चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाइनल भएपछि महिला लीग विजेता टुंगो लगाइने छ ।

प्रतियोगिताको कुल लागत दुई करोड २४ लाख ६८ हजार रुपैयाँ रहेको छ । विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् । लीगको उत्कृष्ट खेलाडीले एक लाख, फेयर प्ले टोलीलाई १ लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार दिइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय