काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।



बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसद उपस्थित भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । पार्टीका उपाध्यक्ष विष्णु पौडेल सोमबार पक्राउ परेपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलको बैठक सम्पन्न भएपछि साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा पार्टी सचिवालय बैठक बस्ने तयारी छ । सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र संगठनात्मक विषयमा छलफल तथा निर्णय हुने जनाइएको छ ।



