काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आउन अब दुई दिनमात्र बाँकी छ ।

महाधिवेशनमा एमालेले यसपटक विदेशी पाहुनाहरुलाई नबोलाउने भएको छ । एमाले नेता महेश बर्ताैलाका अनुसार यसपटक भौतिक उपस्थितिका लागि विदेशी राजनीतिक दलहरुलाई आमन्त्रण नगरिएको एमाले नेता महेश बर्तौलाले जानकारी दिएका छन् । बर्तौलाका अनुसार विभिन्न देशका २६ वटा राजनीतिक दलहरुलाई शुभकामना पत्र पठाउन भनिएको छ । महाधिवेशनमा नेपालका विभिन्न १६ वटा राजनीतिक दहहरुलाई अतिथिका लागि आमन्त्रण गरिएको नेता बर्तौलाले बताउनु भएको छ ।

यसैबीच, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूसँग छलफल गर्दैछन् । महाधिवेशनलगायतका विषयमा अन्तरक्रिया गर्ने गरी ओलीले छलफल राखिएको बताइएको छ ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र हुने महाधिवेशनको बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनमा १ सय ८ जना मनोनितसहित २ हजार २ सय ६८ प्रतिनिधि रहने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय