काठमाडौं । ओखलढुंगा सदरमुकाम नजिकै ट्रिपर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सोलुखुम्बु जाने सडकखण्ड अन्तर्गत रमाइलोडाँडाभन्दा केही माथि उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ट्रिपर सडकबाट करिब ३ सय मिटर तल भीरमा खसेको छ । दुर्घटनास्थलको भीरमा एक जनाको शव अड्किएको अवस्थामा फेला परेको जनाएको छ ।

घटनाको खबर पाएलगत्तै प्रहरी टोली उद्धार तथा अनुसन्धानका लागि घटनास्थलतर्फ खटिएको छ। दुर्घटनाको कारण र मृतकको पहिचानबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त हुने क्रम जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय