कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । यस्तै, ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् ।
कक्षा १२ को परीक्षामा देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालित परीक्षामा यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिमा सहभागी भएका थिए । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।



गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा हेर्न यहा क्ल्लीक गनुहोस त्यस्तै नेपाल टेलिकमको वेबसाइटमा हेर्न यहा क्ल्लीक गनुर्होस।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



