https://www.facebook.com/nepalicongresshq/videos/3840462422860434

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी छ । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्न सुरू गरेका हुन् । बुधबारको बैठकमा केन्द्रीय सदस्यहरुले कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाए पनि नेतृत्वमा केन्द्रिकृत मानसिकता हट्न नसकेको बताएका थिए ।

त्यसैगरी केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले पार्टी नेतृत्वलाई सुझाव विभिन्न सुझावहरु दिएका छन् । अधिकांशले पार्टी संरचनालाई चुस्तदुरुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय